२५ मंसिर ०७५, काठमाडौं । सुदूरपश्चिम प्रदेश कार्यालय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका छन् ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै युवाहरुले सरकार विरुद्ध नाराबाजी गर्दै मंगलबार कार्यालय अगाडि प्रधानमन्त्रीको पुतला जलाएका हुन् ।
प्रदर्शनमा उत्रिएका युवाहरुले निर्मलाका हत्यारालाई सार्वजनिक गर्न नसक्ने सरकार चाहिँदैन, गृहमन्त्री राजिनामा दे, बलात्कारीलाई कारबाही गर, प्रहरी दमन बन्द गर जस्ता नाराबाजी गर्दै टायर बालेर प्रर्दशन गरेका छन् ।