२४ बैशाख ०७६, काठमाडौं । सरकारले कब्जा र अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउन ५ सदस्यीय आयोग गठन गरेको छ ।
सोमबार बसेको मन्त्री परिषद्को बैठकले तत्कालीन पुनरावेदन अदालतका पूर्व न्यायाशीध मोहनरमण भट्टराईको अध्यक्षतामा ५ सदस्यीय आयोग गठन गरिएको हो ।
आयोगको सदस्यहरुमा पूर्वसहसचिव जीवनवल्लभ अधिकारी, भूमि अधिकारकर्मी जगतबहादुर देउजा र दुर्गा दाहाल रहेका छन् ।