सर्वोच्चद्वारा प्रकाण्डलाई रिहा गर्न आदेश

१ भदौ ०७५, काठमाडौं । सर्वोच्च अदालतले नेकपा(विप्लव) समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो ।

प्रवक्ता प्रकाण्ड ७ करोड भन्दा बढी चन्दा असुलेको आरोपमा पक्राउ परेका भएपनि चन्दा ऐन २०३० अनुसार कसुर गरेको देखिने कुनै उजुरी, जाहेरी वा प्रतिवेदन परेको प्रमाण पेश नभएको आदेशमा उल्लेख गरिएको छ ।

पूर्वमन्त्री समेत रहेका प्रकाण्ड २२ गते पक्राउ परेका थिए । जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर, छोरा नरेन्द्रबहादुरले बन्दी प्रत्यक्षिकरणको रिट हालेका थिए । रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले बाटोको म्याद बाहेक ४८ घन्टाभित्र हाजिर गराउन भनेपछि प्रहरीले शुक्रबार सर्वोच्चमा उपस्थित गराएको थियो ।

तपाइको मत