१० जेठ ०७५, काठमाडौं । सरकारले मोबाइल एपबाटै सरकारी सेवा सम्बन्धी गुनासाहरु सुन्ने अवधराणा तयार गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ‘नागरिक अधिकार’ मोबाइल एप सञ्चालनमा ल्याउने गृहकार्य थालिएको जनाएको छ ।
एकीकृत रुपमा सरकारका सबै निकायसम्बद्ध गुनासो सुन्न र सम्बोधन गर्नका लागि मोबाइल एप सञ्चालन गर्ने योजना बनेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । यस्तो एपमा सबै मन्त्रालय र सम्बद्ध निकायको गुनासो सोझै एपमार्फत कार्यालय प्रमुखसम्म पुर्याउन सकिने अवधारणा तयार गरिएको छ ।
सरकारको सरकारी कार्यालयहरुमा देखिएको बेथिति, विकास निर्माणका काममा भएका ढिलासुस्ती र लापरवाही तथा सुशासनका सवालमा देखिने कमजोरीलाई हल गर्न एप सहयोगी हुने विश्वास गरेको छ ।