२५ बैशाख ०७५, काठमाडौं । ६० जना सिडिओको सरुवा गरिएको दुई साता नपुग्दै सरकारले विभिन्न मन्त्रालय र निकायका १८ जना सहसचिवको सरुवा गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका सहसचिवको व्यापक फेरवदल र सरुवा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरुवा हुने सहसचिवहरुमा राष्ट्रिय महिला आयोगका तुलसीराम सेढाईलाई रक्षा मन्त्रालयमा, सामान्यको अतिरिक्त समूहमा रहेका कूलप्रसाद चुडाललाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा, वन तथा वातावरण मन्त्रालयका चन्द्रमान श्रेष्ठलाई राष्ट्रिय महिला आयोगमा, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका टिकाराम घिमिरेलाई वन तथा वातावरण मन्त्रालयमा, सामान्यको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञावालीलाई काठमाडौ महानगरपालिकामा र सामान्यको अतिरिक्त समूहमा रहेका विनोदप्रकाश सिंहलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
त्यस्तै, भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमराज जोशीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने भरतपुर महानगरपालिकाको कार्यकारी अधिकृतमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका नेत्र प्रसाद सुवेदीलाई सरुवा गरिएको छ ।
यसैगरी सामान्यको अतिरिक्त समूहमा रहेका वेदबहादुर कार्कीलाई केन्द्रिय पञ्जिकरण विभागमा, राष्ट्रिय सर्तकता केन्द्रकी प्रमिलादेवी शाक्यलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, सामान्यको अतिरिक्त समूहमा रहेका मुकुन्दप्रसाद निरौलालाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा, सामान्यको अतिरिक्त समूहमा नै रहेका गंगाराम गेलाललाई निर्वाचन आयोगमा, रक्षा मन्त्रालयका आनन्दराम रेग्मीलाई सामान्यको अतिरिक्त समुहमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सनद केसीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा, उद्योग मन्त्रालयका मधुसुदन वुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, निर्वाचन आयोगका दिनेश कुमार घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, निर्वाचन आयोगकै नवराज ढकाललाई उद्योग मन्त्रालयमा र सामान्यको अतिरिक्त समुहमा रहेका कुमारप्रसाद दहाललाई विराटनगर महानगरपालिकाको कार्यकारी अधिकृतमा सरुवा गरिएको छ । दाहाललाई केही दिन अघि मात्रै वाणिज्य विभागको महानिर्देशकबाट हटाइएको थियो ।
सरकारले यस अघि एकै दिन ३० जना सचिवको पनि सरुवा गरेको थियो ।