सदभावनाका केन्द्रीय सदस्य तथा युवा विभाग प्रमुखले पार्टी परित्याग गरे

Untitled-1

१७ चैत, रौतहट । सदभावना पार्टीका केन्द्रीय सदस्य तथा युवा विभाग प्रमुख योगेन्द्र यादवसहित एक दर्जन भन्दा बढी कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

उनीहरुले रौतहटमा पत्रकार सम्मेलन गरेर पार्टी अध्यक्ष राजेन्द्र महतो परिवारवाद तथा जातिवादको विचारधाराबाट अघि बढेकोले यथास्थितिमा पार्टीमा बस्ने वातावरण नभएको भन्दै पार्टी परित्याग गरेका हुन् ।

उनीहरुले राष्ट्रिय नेतृत्वको अलोकतान्त्रिक रवैया तथा स्वेच्छाचारी क्रियाकलाप र मधेसको मुद्दा भन्दा खास व्यक्ति विशेषको संकिर्ण वैचारिक नीतिलाई पार्टीको मूल कार्यदिशाको रुपमा लागू गरेको आरो लगाएका छन् ।

पार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्यहरु योगेन्द्र यादव, शम्भु सिंह सुपि्रम र राजकुमार दास साथै जिल्ला सचिव राकेश यादव समेत छन् । त्यस्तै जिल्ला कार्य समितिका सदस्य मोहन श्रीवास्तव, रविन्द्र यादव, सुनिल झा, रामईश्वर सहनी, जियालाल दास, शंकर चौधरी, कमल पासवानले पनि राजीनामा दिएका छन् ।

युवा मञ्चका पंकज मिश्र, शशीकुमार यादव र किसान मञ्च रौतहटका अध्यक्ष कपील यादवले पनि पार्टीबाट राजीनामा दिएका छन । नेता योगेन्द्र यादवले पार्टी अध्यक्षमा व्यक्तिवाद र जातिवाद हावी भएकाले बाध्य भएर पार्टी छाडेको बताए ।

तपाइको मत