संवैधानिक परिषदसम्बन्धी अध्यादेशले मन्त्रिपरिषद बैठकमा प्रवेश पाएन

२ पुस ०७७, काठमाडौं । आज साँझ बसेको मन्त्रिपरिषद बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे छलफल नै नभएको बुझिएको छ ।

ती मन्त्रीले दिएको जानकारीअनुसार साँझ बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे केही छलफल हुने अपेक्षा गरिए पनि कुनै छलफल भएन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने बताएका थिए ।

तर, प्रधानमन्त्री ओलीले आज संवैधानिक परिषदको बैठक बोलाएपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर आपत्ति जनाएसँगै परिषद बैठक स्थगित गरेका थिए ।