३ जेठ ०७५, विराटनगर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
विराटनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा यादवले संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन गर्नु पर्ने बताएका हुन् ।
उनले संविधान संशोधन गर्ने ग्यारेन्टी भएमा संघीय फोरम सरकारमा सहभागी हुने भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकतालाई सकारात्मक रुपमा लिएको बताए ।
दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिलाई लिएर विवाद गर्नुको कुनै अर्थ नरहेको भन्दै नेता यादवले कुनै पनि संसद्लाई आरोप लाग्नासाथ निलम्बन गर्न नहुने साथै गम्भिर आरोप नलागेसम्म वा अदालतले अपराध प्रमाणित नगरेसम्म निलम्बन गर्नु कानूनको दुरुपयोग हुने बताए ।