विश्वकप फुटबलको सेमिफाइनल आजबाट सुरु

२६ असार ०७५, काठमाडौं । विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ ।

पहिलो सेमिफाइनल खेलमा फ्रान्स र बेल्जियम भिड्दैछन् । फ्रान्स र बेल्जियम तीन वर्षपछि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।

सन् २०१५ को स्टेड डी फ्रान्समा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो । फ्रान्स २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यसैगरी बेल्जियम १९८६ पछि पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भएको हो ।

यो खेल नेपाली समयअनुसार मंगलबार राति पौने १२ बजे सुरु हुनेछ ।

तपाइको मत