विराटनगरमा रहेको फिल्ड अफिस हटाउने भारतको निर्णय

८ जेठ ०७५, काठमाडौं । भारतले विराटनगरमा रहेको फिल्ड अफिस हटाउने निर्णय गरेको छ ।

भारतको विदेश मन्त्रालयल एक सूचना जारी गर्दै विराटनगरको फिल्ड अफिस हटाउने निर्णय भएको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘जे उद्देश्यका लागि अफिस खोलिएको थियो, त्यो पूरा भएको छ । भारत सरकारले अफिस बन्द गर्ने र कर्मचारीलाई अन्यत्र लैजाने निर्णय गरिसकेको छ ।’

सन् २००८ मा कोशी नदीमा बाढी आएपछि भारतले विराटनगरमा फिल्ड अफिस खोलेको थियो । फिल्ड अफिस हटाउन लामो समयदेखि नेपालले अनुरोध गर्दै आएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरे लगत्तै विराटनगरको फिल्ड अफिस हट्ने भएको हो ।

 

तपाइको मत