४ असोज ०७८, काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बीच बजेट विनियोजन विधेयक २०७८ पारित भएको हाे ।
अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गर्नका लागि लगेको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए
सो विधेयक पारित गर्नुपूर्व सभामुख सापकोटाले मन्त्रालय, कार्यालय र सचिवालयगत खर्च शीर्षकमा छलफलका लागि नाम टिपाउनका लागि आग्रह गरेका थिए ।
विरोधको सूचना दर्ता गराएका नेमकिपाका सांसद प्रेम सुवालबाहेक अन्य सांसदहरुले नाम नटिपाएपछि सभामुखले अर्थमन्त्री शर्मालाई विनियोजन बजेट सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन समय दिएका थिए ।
मन्त्री शर्माले अध्यादेशबाट आएको बजेटको आकारमा ३ प्रतिशत बजेट मात्र हेरफेर गरेर बजेटलाई यथार्थपरक बनाएको बताएका थिए ।
यस्तै नेमकिपा सांसद सुवाललाई विभिन्न मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव फिर्ता लिन समय दिएका थिए तर सुवालले सो प्रस्ताव फिर्ता नलिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए ।