लगानी सम्मेलन भाँड्न स्वार्थी तत्वहरू सक्रिय – प्रधानमन्त्री

२८ माघ ०७५, काठमाडौ. । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल लगानी सम्मेलन’ भाँड्न स्वार्थी तत्वहरू सक्रिय हुन थालेको बताएका छन् ।

आज गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले चैत्रको दोस्रो साता आयोजना हुन गइरहेको लगानी सम्मेलन भाँड्न केही तत्वहरू सक्रिय हुनथालेको बताएका हुन् ।

जनताको अपेक्षाअनुसार काम गर्ने आधार तय भइरहेका बेला जनतालाई निराश बनाउन केही स्वार्थी तत्वले जनतामा भ्रम दिने प्रयत्न गरेको भन्दै प्रधानमन्त्रीले तिनै तत्वहरू नेपालमा वैदेशिक लगानी भित्रन नदिन पनि सक्रिय रहेको बताए ।

उनले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्न सुझाए ।

तपाइको मत