लगानीकर्ताद्वारा नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ

१० मंसिर ०७५, काठमाडौं । शेयर लगानीकर्ताहरुले अनलाईन प्रणालीमा तत्काल सुधार गर्न माग गर्दैे नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका छन् ।

सेयर बजारमा उल्लेख्य सुधार गर्ने घोषणासहित कार्तिक २० गतेबाट सुरु गरिएको अनलाईन प्रणालीमा सुधार नआएपछि लगानीकर्ताहरुले आफ्नो सम्पत्तिको सुरक्षाको माग गर्दै सोमबार बिहान भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका हुन् ।

सरकारले गत कार्तिक २० गतेबाट सुरु गरेको अनलाईन प्रणालीले काम नगरेपछि लगानीकर्ताहरु आन्दोलित भएका हुन् ।

सेयर बजारका लगानीकर्ताहरु आवद्ध नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानकर्ता संघ, नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजी बजार संघले सोमबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेका छन् ।

तपाइको मत