२७ कार्तिक ०७५, काठमाडौं । छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई पूजार्चना गरेका छन् ।
राष्ट्रपति भण्डारीले अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गरेका हुन् ।
कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा उनीहरु सहभागी भएका हुन् । छठ पर्वका लागि कमलपोखरी विशेष रुपमा सिँगारिएकाले अहिले झकिझकाउ छ ।
कमलपोखरीमा शुरुदेखि नै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदै आएकामा यस पटक बिरामी भएकाले प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।