राष्ट्रपति भण्डारी बंगलादेशको राजकीय भ्रमण सकेर स्वदेश फिर्ता

१० चैत्र ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएकी छिन् ।

राष्ट्रपति भण्डारी मंगलबार अपराह्न मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको राजकीय भ्रमण सकेर स्वदेश फर्किएकी हुन् ।

राष्ट्रपति भण्डारीसहितको नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेन साथै बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रलगायतले ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।