राष्ट्रपति भण्डारीद्वारा आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत

७ जेठ ०७५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।

सोमबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

नीति तथा कार्यक्रममा ५ वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर हालिस गर्ने र प्रतिव्यक्ति आय दोब्बर बनाउने उल्लेख छ ।

त्यस्तै नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षलाई समृद्धिमा इतिहास रच्ने आधार वर्षको रुपमा उल्लेख गर्दै हरेक नेपालीको बैंक खाता र बैंकिङ च्यानलबाट मात्रै भुक्तानी गर्ने प्रणाली विकास गर्ने उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम Print Final

तपाइको मत