२ भदौ ०७८, काठमाडौं । मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दाेस्राे संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरेर अध्यादेश प्रमाणीकरण भएको जानकारी दिएका हुन् ।
मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले दल विभाजनलाई सहज बनाउने गरी केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो ।