राष्ट्रपतिद्वारा बारा र पर्सामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त

१८ चैत ०७५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भीषण हावाहुरीका कारण बारा र पर्सामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेकी छिन् ।

ठूलो संख्यामा सर्वसाधारण घाइते भएकोमा सहानुभूति प्रकट गर्दै घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले आँधीले घर, सवारी साधन, अन्नबाली, फलफूल खेती र भौतिक संरचनामा पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छिन् ।

‘हावाहुरी, बाढी, पहिरो, डढेलो, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षले समयमा नै पूर्व सावधानी अपनाउनसमेत ध्यानाकर्षण गराउनु भएको छु राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले भौतिक पूर्वाधार विकास गर्दा जोखिम न्युनीकरणको उपाय अवलम्बन गर्न सरोकारवालालाई सचेत गराएकी छिन् ।

तपाइको मत