राष्ट्रकवि माधव घिमिरे अस्पताल भर्ना

७ जेठ ०७५, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका छन् ।

उनान्सय वर्षीय राष्ट्रकवि घिमिरेको हाईकेयर वार्डमा उपचार भइरहेको छ । उनको मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएको छ भने आन्तरिक रक्तश्राव पनि भइरहेको छ ।

राष्ट्रकविका कान्छा छोरा राजीव घिमिरेका अनुसार राष्ट्रकविलाई चार प्वाइन्ट रगत दिइए पनि आन्तरिक रक्तश्राव रोकिएको छैन् ।

नेपालमा विज्ञको अभाव भएकाले भारतबाट बोलाउन अस्पतालले समन्वय गरिरहेको भन्दै राष्ट्रकविका छोरा राजिवले नभए भारतमा लगेर उपचार गर्नुपर्ने हुनसक्ने बताए ।

तपाइको मत