रातो मछिन्द्रनाथ रथयात्रा सुरु

२५ बैशाख ०७६, काठमाडौं । रातो मछिन्द्रनाथ रथयात्रा आजबाट सुरु भएको छ ।

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथको धँमामा भैरबको मुकुट र दायाँ बाँया नाग राखी दिउँसो ४ बजे ललितपुरको पुल्चोकबाट रथ तान्न सुरु गरिएको हो ।

ललितपुरको सबैभन्दा ठूलो जात्राको रुपमा मानिने रातो मछिन्द्रनाथको रथलाई बिहीबार स्थानीयले तानेर पुल्चोकबाट गाबहालसम्म पु¥याउनेछन् । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाउने गरिन्छ ।

तपाइको मत