२८ पुस ०७८, कास्की । अखिल नेपाल निर्माण मजदुर संघ रामघाट इलाका कमिटीको भेला संघका केन्द्रीय महासचिव रमेश सिकेको विशेष उपस्थितिमा सम्पन्न भएको छ ।
बुधबार दल बहादुर आलेमगरको अध्यक्षता र अखिल नेपाल निर्माण मजदुर संघका महासचिव सिकेको विशेष उपस्थितिमा भएको भेलाले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
नवगठित कमिटीका अध्यक्ष रत्ना थापामगर, उपाध्यक्ष तारा कार्की, सचिव सुशीला गौतम, सहसचिव राम खत्री, कोषाध्यक्ष संगिता पुन साथै सदस्यहरुमा लक्ष्मण कार्की, होमबहादुर पुन, हितु गुरुङ, सन्तु प्रजा, टिका घर्ती, भिमबहादुर पुन रहेका छन् ।
यस्तै भेलाले पूर्ण बहादुर बुढा, माया नेपाली, कमला बराम, दल बहादुर मगर, नरबहादुर पुन, मनकला पराजुली र कल्पना नेपाली रहेको सल्लहाकार समिति पनि चयन गरेको छ ।