युवालाई कृषि, पशुपालनतर्फ आत्मनिर्भर बनाउनु पर्छ – मन्त्री शैलेन्द्र

१७ असोज ०७५, राजविराज । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले युवाहरुलाई कृषि र पशुपालनतर्फ आत्मनिर्भर बनाउन प्रदेश सरकारको प्राथमिकता रहेको बताए ।

बुधबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहा, कार्यक्षेत्र सिरहा सप्तरी सम्पर्क सेवा केन्द्र राजविराजको उद्घाटन गर्दै मन्त्री साह सो कुरा बताएका हुन् ।

मन्त्री साहले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको हुनाले विदेश पलायन हुने युवाहरूलाई स्वदेश मै रोजगारका लागि पशुपालन तथा कृषितर्फ आकर्षित गराई आत्मनिर्भर बनाउने योजना रहेका बताए ।

सप्तरी जिल्ला कृषि तथा पशुपालनको क्षेत्र प्रचुर सम्भावना बोकेको जिल्ला भएकोले किसान र युवालाई बाख्रा पालन, पशुपालन तथा सहकारी र निजी क्षेत्रमा लगानी गरी गरिबी न्यून गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने बताए ।

अब देखि संघीय सरकारको निर्णय बमोजिम जिल्ला पशु सेवा कार्यालय परिर्वतन भई पशु सेवा केन्द्र रहने छ ।

तपाइको मत