म्यानमारका राष्ट्रपति काठमाडौंमा

१२ भदौ ०७५, काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्त काठमाडौं आइपुगेका छन् ।

मंगलबार बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन राष्ट्रपति मिन्त काठमाडौं आइपुगेका हुन् ।

राष्ट्रपति मिन्तलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका पदाधिकारी र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका थिए ।

विमस्टेकको चौथो सम्मेलनमा भाग लिन आउने उनी पहिलो विशेष पाहुना हुन । उनलाई विमानस्थलबाट उत्रिए लगत्तै सीधै कालिमाटीस्थित होटल सोल्टी लगिएको छ ।

तपाइको मत