२५ बैशाख ०७५, महोत्तरी । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले १५ वटै स्थानीय तहका प्रमुखलाई वैशाख २८ गते मोदीको स्वागतका लागि जनकपुर आउन निर्देशन दिएका छन् ।
सोमबार महोत्तरीको सदरमुकाम जलेश्वरमा एक कार्यक्रमको आयोजना गरी मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका प्रमुखलाई वैशाख २८ गते मोदीको स्वागतका लागि जनकपुर आउन निर्देशन दिएका हुन् ।
मन्त्री यादवले त्यहाँका प्रत्येक पालिका प्रमुखको नेतृत्वमा ठूलो संख्यामा जनता लिएर जनकपुर आउन निर्देशन दिएका हुन् । उनले सरकारी, गैरसरकारी कार्यालयका प्रमुख तथा कर्मचारी र आम जिल्लावासीलाई समेत मोदीको स्वागतमा आउन निमन्त्रणा गरेका थिए ।
मोदीको स्वागतका बेला जनकपुर आउने सवारी साधन र व्यक्ति जनकपुरको कार्यक्रमस्थल रंगभूमिमा आउने रुटको बारेमा समेत प्रष्ट पारेका थिए । रासस ।