२६ जेठ ०७५, कपिलवस्तु । महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई जिल्ला अदालत कपिलवस्तुले १० वर्ष कैद र एक लाख क्षतिपूर्ति ताकेको छ ।
न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सशस्त्र प्रहरी जवान अवस्थीलाई १० वर्ष कैद र एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
तत्कालीन अवस्थामा सशस्त्र प्रहरी बल चन्द्रौठटामा कार्यरत अवस्थीले २०७३ जेठ ३० गते भैँसी चराउन गएकी ४० वर्षीया थारु समुदायकी बोल्न नसक्ने (लाटी) महिलालाई करणी गरेका थिए ।
त्यस्तै सो मुद्दाका अर्का अभियुक्त प्रहरी राजु थारुलाई अवस्थीलाई मद्दत गरेको पाइएको ३ वर्ष कैद तोकिएको छ ।
पीडित महिलाले औलाको इसाराले अवस्थी र थारुतर्फ इसारा गरेकी थिइन् । घटनाको विरोधमा स्थानीयवासी आन्दोलित भएपछि अवस्थीलाई प्रहरीमा बुझाइएको थियो ।