महानिर्देशक श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर

२५ पुस ०७५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेकोले आरोपमा करिब डेढ करोड विगो सहित श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको हो । श्रेष्ठविरुद्ध १ करोड ३४ लाख ५७६ विगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरिएको छ ।

श्रेष्ठ हाल वन तथा वातावरण मन्त्रालयको सह–सचिव पदमा कार्यरत छन् ।

तपाइको मत