२५ साउन ०७८, काठमाडौं । नेकपा एमालेले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन प्रस्ताव अघि सारेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव गर्दै यस्तो निर्णय गरेको हो ।
तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सोमबार बसेको ओली समूहको बैठकले १३ जना पदाधिकारी, सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी रहने गरी प्रस्ताव अघि सारेको हो ।
ओली समूहको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव तल्लो कमिटीसम्म छलफलमा लैजाने र आसन्न विधान महाधिवेशनमा लैजाने निर्णय समेत गरेको छ ।
प्रस्तावित विधानमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिव रहने साथै २२५ सदस्यीय केन्द्रीय कमिटी रहने उल्लेख गरिएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।