महादेवा गा.पा.मा अनियमितता, छानबिनका लागि अख्तियारमा उजुरी दिइने

२४ फागुन ०७५, राजविराज । महादेवा गाउँपालिकामा आ.व.  ०७४/०७५ मा विकास निर्माण कार्यमा अनियमितता तथा भ्रष्टाचार भएको छ ।

महादेवा गा.पा. आ.व. ०७४/७५ मा कामै नगरेको योजनाको रकम समेत झ्यामपारी कागजमै विकास निर्माण भएको स्थानिय राम नारायण सरदारले बताए ।

सरदारका अनुसार उक्त गा.पा.को वडा नं. १ देखि ६ सम्मको वडामा सडक, बाटोघाटो, पर्खाल, नाला, बोर्डिङ, नदी नियन्त्रण, बाँध निर्माण, मन्दिर निर्माण लगायतको विकास निर्माणमा व्यापक रुपमा अनियमितता र भ्रष्टाचार भएको छ ।

आ.व. ०७४/०७५ मा गा.पा. भित्र विकास निर्माण गर्नको लागि गठन गरिएको उपभोक्ता समिति गोप्य रुपमा गठन गरिएको र गा.पा.ले कुनै किसिमको मिडियामा सार्वजनिक सूचना प्रकाशन र प्रशारण नगरी उपभोक्ता समिति गठन गरिएको थियो ।

गठन गरिएका अधिकांश उपभोक्ता समितिमा फोेरम नेपालका कार्यकर्ताहरु रहेको थियो । महादेवा गा.पा. वडा नं. १ बाहेक यस वर्षको आ.व. ०७५/०७६ मा समेत कुनै मिडियामा सार्वजनिक सूचना प्रकाशन र प्रशारण नगरी उपभोक्ता समिति गठन गरिरहेको वडा नं. ६ का नेकपाका युवा नेता मनोज यादवले संचारकर्मीलाई बताए ।

उनका अनुसार गा.पा.मा भएको अनियमितता र भ्रष्टाचारको बारेमा गाउँपालिका भरी भन्डाफोर अभियान सञ्चालन गरिने बताए ।

त्यस्तै गाउँपालिका भित्र भएको अनियमितता र भ्रष्टाचार सम्बन्धी मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत दिने तयारीमा जुटेको नेकपा महादेवा गा.पा. जन संघर्ष तथा जनपरिचालन समितिले जनाएको छ ।

तपाइको मत