१९ असार ०७५, काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाक पक्राउ परेका छन् ।
भ्रष्टाचार विरोधी आयोगले स्थानीय समयानुसार मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा घरैबाट रज्जाकलाई पक्राउ गरेको हो ।
भ्रष्टाचार नियन्त्रणका लागि गठित मलेसियन एन्टी करप्सन कमिसन (एमएसीसी)ले पक्राउको घटनाको पुष्टी गर्दै रज्जाकलाई एमएसीसीको मुख्यालयमा लगिएको मलेसियन सञ्चार माध्यमले जनाएका छन् ।
रज्जाकविरुद्ध आयोगले सरकारी निकाय एसआरसी इन्टरनेशनलबाट आफ्नो खातामा रकम सारेको अभियोगमा बुधबार बिहान उच्च अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।