मनकामना जाँदै गरेको बस धादिङको सलाङघाटमा दुर्घटना, २ जनाको घटनास्थलमा नै मृत्यु

८ बैशाख ०७६, धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ-३ सलाङघाटमा यात्रुबाक बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
आइतबार बिहान तिर्थयात्री बोकेर गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको बा ४ ख १४१५ नम्बरको बस आभेरट्याक गर्ने क्रममा बस घुम्तिबाट २५ मिटरतल तल खाल्डोमा खसेको गजुरी प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा दोलाखा कालिन्चोक–७ निवासी वर्ष ७१ वर्षीय पार्वती बुढाथोकी र काल्चिोक माविमा १२ कक्षामा अध्ययनरत दोलखा सुनखानी निवासी करिव २८ वर्षीय हरिवंश केसी रहेको छन् ।

दुर्घटनामा २५ जना घाईते भएका छन् । घाइतेमध्ये सामान्यको मलेखुस्थित सामुदायिक अस्पताल र गजुरीस्थित अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइते ८ जनाको थप उपचारार्थ राजधानी पठाइएका प्रहरीले जनाएको छ ।

उक्त बसमा ३० जना भन्दा बढी यात्रु रहेको प्रहरीले बताएको छ ।

तपाइको मत