६ असोज ०७९, बाँके । नरैनापुर गाँउपालिकास्तरीय ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।
नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अन्तरक्रिया कार्यक्रममा बोल्नेक्रममा कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने भन्दै लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासन महत्वपूर्ण स्तम्भ रहेको बताए ।
उनले सार्वजनिक पदमा रहने जोकोहीलाई पनि आफ्नो जिम्मेवारीप्रति उत्तरदायी, जवाफदेही तुल्याउने तथा शासन प्रणालीलाई जनमुखी, परिणाममुखी, सुदृढ, सक्षम, पारदर्शी, भ्रष्टाचार शून्य सहनशीलता, नागरिकका गुनासा सम्बोधन, निर्णय प्रक्रियामा जनसहभागिता र प्रतिस्पर्धी बनाउने पद्धति पालिकाले सुरुवात गरेको समेत जिकिर गरे ।
अध्यक्ष शाहले नरैनापुरलाई लक्षित गरी परेको ९ वटा उजुरीलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै उजुरी पर्दैमा डराई हाल्नु पर्ने अवस्था नरहेकोले कानुन बमोजिम काम गरी रहन निर्देशन समेत दिए ।
कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष जयन्ती देबी श्रीवस्तवले अख्तियारको एक्लो प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण नहुने भन्दै भ्रष्टचार रोक्न सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताइन् ।