भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको अदालतमा बयान सुरु

१२ जेठ ०८०, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपितहरुको आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान सुरु हुने भएको छ ।

सरकारी वकिलले यस प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर गरेसँगै उनीहरको बयान हुने भएको हो ।

स्रोतकाअनुसार शुक्रबार आरोपित विरुद्धको मुद्दाको पेशी तोकिने छ र सम्बन्धित न्यायाधीशको इजलासमा बयान हुनेछ । सबैको बयान गराउनु पर्ने भएकाले आज बहस हुने सम्भावना छैन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन खोजेको अभियोगमा पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे लगायतका ३० जना अभियुक्तमा १६ जनाको मात्र बयान सुरु हुने भएको छ भने अझै १४ जना फरार रहेका छन् ।