४ जेठ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले भारतीय सेना प्रमुख मनोज नरवणेले विवादास्पद अभिव्यक्ति सच्याउनु पर्ने बताएका छन् ।
शनिबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले भारतीय सेना प्रमुखको विवादास्पद अभिव्यक्ति खण्डन गर्दै उनले आफ्नो भनाई सच्याउनु पर्ने बताएका हुन् ।
भारतीय सेना प्रमुखले केहीदिन अघि लिम्बियाधुरा, लिपुलेक र कालापानी क्षेत्रका विषयमा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै श्रेष्ठले नेपालले सीमा विवाद कसैको इशारामा नउचालिएको बताएका छन् ।
“नेपाल सधैं एक सार्वभौम र स्वतन्त्र देशको रूपमा रहेको छ, भारतीय सेना प्रमुखले उसको आपत्तिजनक भनाईलाई सच्याउनु पर्छ” प्रवक्ता श्रेष्ठले भनेका छन् ।