१८ साउन ७५, चितवन । भरतपुर महानगर क्षेत्रको मुख्य राजमार्ग क्षेत्रमा विभिन्न २० स्थानमा ट्राफिक पोष्ट (आइल्यान्ड) राखिएको छ ।
महानगर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहजता होस् भनि महानगरले दिगो शहरी विकास नीति अनुसार विभिन्न २० स्थानमा ट्राफिक पोष्ट (आइल्यान्ड) राखिएको हो ।
चितवननको भरतपुर महानगरमा तीन पाग्रे सावारी व्यवस्थापनमा सक्रिय भएको दुई साताभित्र नै भरतपुर महानगरकी मेयर रेनु दाहाले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहजता होस् भनि ट्राफिक पोष्ट (आइल्यान्ड) राख्न लगाएकी हुन् ।
महानगरको वोर्ड बैठकबाट निर्णयबाट भरतपुरमा ट्राफिक पोष्ट (आइल्यान्ड) थालिएको मेयर सचिवालयले जनाएको छ । सार्वजनिक नीजि साझेदारी कार्यक्रम अन्तर्गत महानगरको पहलमा श्रद्धा हाउजिगं प्रा.लि.ले १० बर्षका लागि जिम्मा लिई उक्त ट्राफिक पोष्ट (आइल्यान्ड) राखेको हो ।
महानगरका प्रमुख कार्यकारी अधिकृत नेत्र सुवेदीले श्रद्धा हाउजिगंले क्रमिक रुपमा महानगरको सबै क्षेत्रमा ट्राफिक पोष्ट (आइल्यान्ड) राख्ने सम्झौता सहित अहिले महानगरभित्र केन्द्रीय बसपार्क चोक, हाकिमचोक, चौविसकोठी, वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, सहिदचोक, पुलचोक, लिला चोक, पोखरा बस पार्क चोक, आपटारी चोक लगायतका २० ठाउँमा पोष्ट राखिएको बताए । श्रद्धाले २० वटा ट्राफिक पोष्ट वापत हरेक बर्ष २ लाख रुपैया राजश्व समेत महानगरलाई बुझाउने समेत सुवेदीले बताए ।
सो पोष्टमा सोलार समेत जडान गरिएकोले मोबाइल चार्ज गर्ने व्यवस्थासहित ट्राफिकले पानी परेको बेला लगाउने कपडा र पानी राख्ने ठाउँसमेत छ ।