२४ साउन ०७५, कैलाली । सशस्त्र प्रहरीको टोलीले कैलालीको टीकापुरबाट भन्सार छलेर ल्याउदै गरेको सामान बरामद गरेको छ ।
टीकापुरसँगै सीमा जोडिएको भारतीय बजार तिकुनियाबाट भन्सार छलेर समान ल्याउदै गरेको सूचना पाएपछि अत्तरिया बाहिनीबाट खटिएको टोलीले रेडिमेड र थान कपडाहरु बरामद गरेको हो ।
सूचनाका आधारमा टीकापुर कालाकुण्डा इलाकाबाट करिव ३ लाख रुपैया बराबरको रेडिमेड र थान कपडाहरु बरामद गरी भन्सार कार्यालय कैलालीलाई बुझाएको बाहिनीपति शसस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नगेन्द्र थापाले जानकारी दिए ।