९ जेठ ०७५, काठमाडौं । काभ्रेबाट काठमाडौँ आउँदै गरेको टिपरले भक्तपुरमा स्कुटरलाई ठक्कर दिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बुधबार काभ्रेबाट आउँदै गरेको बा३ख ६६७४ नम्बरको टिपरले बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा दोलखा मेलुङ-६ घर भई हाल मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, करीब ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अवीन्द्र घिमिरे भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए । प्रहरीले तीनैजनाको शव भक्तपुर अस्पतालमा राखिएको जनाएको छ ।
ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिए पनि टिपरका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।