१८ जेठ ०७५, काठमाडौं । जिल्ला अदालत कैलालीले बोक्सी आरोपमा राधा चौधरीलाई यातना दिने ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीलाइ ५ वर्ष कैद र १ लाख जरिवाना गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश पर्शुराम भट्टराइको एकल इजलासले भोलेबाबालाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो ।
भोलेबाबाका सहयोगी किस्मती चौधरीलाइ भने १ वर्ष कैद र ५० हजार र स्मारिका चौधरीलाइ ६ महिना कैद र २५ हजार जरिवानाको गर्ने फैसला गरेको छ । सहयोगीको आरोपमा पक्राउ परेका चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीले सफाइ पाएका छन् ।
भोलेबाबाले गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन कैलालीको घोडाघोडी नगरपालिका ५ देवकलियाका की राधा चौधरीलाइ बोक्सी आरोपमा आफ्नै घर अगाडि सयौं स्थानीयलाई जम्मा गरेर चरम यातना दिएका थिए ।