२६ जेठ ०७५, रुपन्देही । बुटवलको पर्यटकीय स्थल हिलपार्कमा २ करोड लागतमा जनजाति संग्रहालय बन्ने भएको छ ।
शनिबार प्रदेश सरकारका पर्यटन मन्त्री लिला गिरी र बुटवल हिलपार्क परिषद्का अध्यक्ष भिम तुलाचनलाई बुटवल हिलपार्क सहयोग समिति हङकङका संयोजक हेमराज थापा, सह-संयोजक पुरन खड्का, कोषाध्यक्ष गणेशजंग राना लगायतले संयुक्तरुपमा ४७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
हिलपार्क सहयोग समितिका अध्यक्ष हेमराज थापाले जनजाति संग्राहलयलाई देशकै नमूना बनाउन आफूहरुले रकम संकलन गरेको स्पष्ट पार्दै संग्रहालय निर्माणसंगै सहयोगलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा पर्यटनमन्त्री गिरीले जनजाति संग्रहालय निर्माणले हिलपार्कको पयर्टकयीय महत्व फराकिलो बन्ने बताउँदै प्रदेश सरकारले संग्रहालय निर्माणमा सक्दो वजेट छुट्टाउने आश्वासन दिए ।
संग्रहालयमा नेपालका सबै आदिवासी जनजातिका मौलिक परम्परा, संस्कृति, भेषभुषा, रीतिरिवाजसँग सम्बन्धित वस्तुहरु राखिने छन् ।