बलात्कार गरेको उजुरी दिएपछि श्रीमान पक्राउ

२१ साउन ०७५, झापा । बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि श्रीमानलाई पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाकाअनुसार पक्राउ परेका श्रीमानलाई वैवाहिक बलात्कारको मुद्दा अघि बढाइएको छ ।

श्रीमातीले जाहेरीमा इच्छा विपरीत श्रीमानले यौन सम्पर्क राख्ने गरेको उल्लेख गरेकी छिन् ।

जाहेरीमा श्रीमान् १०/१२ दिन हराउने, अनि आएर सम्पर्क राखेपछि फेरि हराउने गरेको उल्लेख गरेकी छिन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

तपाइको मत