२१ बैशाख ०७६, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता हुने सहमति भएको छ ।
शनिबार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा दुई पार्टीबीचको अन्तिम छलफलबाट पार्टी एकता गर्ने सहमति भएको हो ।
फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले शनिबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै पार्टी एकीकरणको घोषणा एक विशेष कार्यक्रमका बीच बैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जनाएका छन् ।
नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राखिएको छ ।