२५ असोज ०७५, राजविराज । ६३ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सप्तरीले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेका छ ।
बिहीबार स्थानीय राजदेवी युवा क्लवको संयोजनमा रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु न परोस भन्ने उद्देश्यले राजदेवी मन्दिरको प्राङ्गणमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
आयोजित रक्तदान कार्यक्रममा ४ दर्जन वढी प्रहरी र नागरिकले रक्तदान गरेको प्रहरी निरिक्षक सुजता तुम्वाहाम्फेले बताइन् ।
क्लवका अध्यक्ष अमरकान्त झाले रक्तदान जीवनदान भएकोले सेवा भावले प्रहरीले गरेको कार्यक्रममा साथ दिएको बताए । कार्यक्रममा रक्तदाताहरुलाई सम्मान समेत गरिएको थियो ।