प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिसमक्ष पठाइयो

२१ भदौ, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको छ ।

सभामुख अग्नि सापकोटाको सचिवालयका अनुसार सभामुखले प्रमाणित गरेर विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको हो ।

राष्ट्रपति भण्डारीले २९ साउनमा नागरिकता विधेयक पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेकी थिइन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट हुबहु पारित भएपछि सभामुख सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका हुन् ।