२४ साउन ०७५, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् ।
विहीबार जंगी अड्डामा एक समारोहकाबीच प्रधानसेनापति क्षत्रीले थापालाई कार्यभार हस्तान्तरण गरेका हुन् ।
नेपाली सेनामा प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने चलन अनुसार क्षेत्री शुक्रबारबाट विदा बस्दै छन् । करिब ४० वर्षसम्म सेवामा खटिएका क्षत्री आगामी भदौ २४ गते अवकार प्राप्त हुनेछन् ।
बलाधिकृत रथी थापालाई साउन १० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम यही साउन २५ गते (शुक्रबार)बाट लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरिएको थियो ।