प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट सुरु

१ फागुन ०७५, काठमाडौं । सरकारले रोजगार सिर्जनाको उद्देश्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ ।

बुधवार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको स्तरवृद्धि, समृद्ध नेपाल सुखी नेपाली नारा साकार पार्न सो कार्यक्रम ल्याइएको बताए ।

कार्यक्रम अन्तर्गत सरकारले बेरोजगार नागरिकलाई न्यूनतम सय दिन रोजगारी दिनेछ । रोजगारी दिन नसके निर्वाह भत्ता बापत १८ देखि ५९ वर्षभित्रका बेरोजगारलाई वर्षमा २२ हजार ४ सय १७ रुपैयाँ निर्वाह भत्ता दिनेछ ।

तपाइको मत