२२ भदौ ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय पूर्वप्रधानमन्त्री एच.डी. देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ
शुक्रबार भएको भेटमा भारतीय पूर्वप्रधानमन्त्री देवेगौंडाले नेपालले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाइ दिए ।
देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पु¥याएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुईपक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताएका छन् ।
प्रधानन्त्री ओलीले दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट जलमार्ग, रेलमार्ग र र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धी भएको बताएका छन् ।