प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री टेरिजाबीच भेटवार्ता

११ असोज ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती प्रधानमन्त्री टेरिजा मेसँग भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्र संघ महासभाको ७३औँ अधिवेशनमा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भेटवार्ता भएको हो ।

उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्धका बारेमा स्मरण गरिएको उनको सचिवालयले जनाएको छ ।

भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित थिए ।

तपाइको मत