६ असार ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बुधबार बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्तामा दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ ।
छ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भेट्नुअघि चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको शालिकमा श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार चीन प्रस्थान गरेका थिए ।