१० असार ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिन लामो चीन भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओली आइतबार बिहान १०ः१५ बजे स्वदेश आइपुगेका हुन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका इश्वर पोखरेल, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणका उपलब्धिबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी दुई देशबीच विगतमा भएका सम्झौता समझदारीहरूको कार्यान्वयनको प्रक्रिया र ढाँचा तयार गर्ने, राष्ट्रिय एजेण्डाको रुपमा रहेको आर्थिक समृद्धि हासिल गर्नका लागि चिनियाँ सरकारसँग विभिन्न क्षेत्रहरूमा सहयोग तथा सहकार्य गर्न सघाउ पुगेको बताए ।