१२ असार ०७५, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसद र पार्टी कार्यकर्तासँग भेटघाटका लागि समय निर्धारण गरेका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वािचत नेकपाका सांसदलाई हरेक हरेक हप्ता र कार्यकर्ताहरुलाई हरेक १५ दिनमा भेट्ने गरी समय छुट्याएका हुन् ।
नियमित रुपमा शुक्रबार दिउँसो ३ देखि ५ बजेसम्म सिंहदरबारमा प्रदेशगत रुपमा सांसदसँग भेटघाट गर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता ओलीसँग साप्ताहिक रुपमा क्रमश सातवटै प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुले भेटघाट हुने नियमित कार्यक्रम तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए ।
त्यसैगरी, प्रधानमन्त्री ओलीले हरेक महिनाको १ र १५ गते नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासँग पनि भेट गर्नेभएका छन् । उनले हरेक महिनाको पहिलो दिन विहान ११ देखि दिउँसो १ बजेसम्म धुम्बाराहीस्थित कार्यालयमा र १५ गते पेरिसडाँडास्थिति कार्यालयमा कार्यकर्ता भेट्ने प्रेस नोटमा जनाइएको छ ।