२३ माघ ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण गरेका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगै प्रधानमन्त्री ओलीले छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा बुधबार निरीक्षण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले निरीक्षणको क्रममा अस्पतालको अतिविशिष्ट कक्ष, इमरजेन्सी वार्ड तथा हेमोडाइलसीस युनिटको अवलोकनपछि अस्पतालमा देखिएका कमजोरी सुधार गर्न आवश्यक निर्देशन दिनुका साथै त्यहाँ उपलब्ध सेवासुविधा, अस्पतालको सामथ्र्यलगायत विषयमा जानकारी लिएका छन् ।
अस्पतालमा प्रधानमन्त्री र रक्षामन्त्रीसँगै प्रधानसेनापति पूर्णचन्द्र थापा, स्वास्थ्य सचिव, निमित्त रक्षा सचिव, सेनाका रथी तथा अधिकृतको उपस्थिति थियो ।